Comments Add Comment

असिनापानीसँगै बढेको खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु

१२ बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । निगुरादिन–६ धोद्रेमा शुक्रबार साँझ परेको असिनापानीसँगै बढेको खहरे खोलाले बगाउँदा विष्पोटक शेर्पाकी छ वर्षीया छोरी पेमालाई बगाएको थियो ।

पेमालार्इ केही समयपछि मृत अवस्थामा फेला पारिएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिए ।
पेमाको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

सडकमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु

त्यस्तै पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको मोटरसाइकल माथि एक्कासि ढुङ्गा खस्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।सिद्धार्थ राजमार्गको मदनपोखराको डुम्रे सडकखण्डमा मोटरसाइकल गुडिरहेको अवस्थामा एक्कासि माथिबाट ढुङ्गा खसेपछि मोटरसाइकल चालक मदनपोखरा ३ डाँडाथोकका अमृत श्रेष्ठको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश सिम्खडाले जानकारी दिए ।

लु २० प ४३८२ नम्बरको मोटरसाइकल पछाडि बसेका मदनपोखरा–३ का २४ वर्षीय अन्जु सारु सामान्य घाइते भएकी छन् ।

श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल तानसेन लगिएको छ ।

जर्मन नागरिकको मृत्यु

त्यस्तै सोलुखम्बुमा शुक्रबार अचानक बेहोस भएर एक जर्मन नागरिकको मृत्यु भएको छ ।

खुम्जुङ–७ दिङ्बुछेस्थित काला पत्थर हिमालको आरोहण गरी फर्कनेक्रममा ७३ वर्षीय नोबर्ट कार्ल क्लाउकको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सि ७ टिवाई एमजेडएनवाई नम्बरको राहदानी बोकेका उनी हिमालयन गार्डेन ट्रेकिङ एक्सपिडिसन प्रालि काठमाडौँमार्फत सोलुखम्बु पुगेका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment