Comments Add Comment

‘जाजरकोटलाई एक रुपैयाँ’ अभियान सुरु

१२ बैशाख, विराटनगर । जाजरकोटमा स्वाइन तथा सिजनल फ्लुका बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरस्थित लायन्स र लियो क्लब युनाइटेडले संयुक्त रुपमा शुक्रबारदेखि एक रुपैयाँ सङ्कलन अभियानको सुरु गरेको छ ।

मोरङका विभिन्न विद्यालय, सरकारी कार्यालय, व्यापारिकस्थल र सार्वजनिकस्थलबाट ‘जाजरकोटलाई एक रुपैयाँ’को अभियानमार्फत सहयोग सङ्कलन गरिनेछ । यसका साथै सर्वसाधारणलाई जाजरकोटप्रति संवेदनशील गराउन र जनचेतनासमेत फैलाउने उद्देश्य रहेको बताइएको छ ।

यस सम्बन्धमा जानकारी गराउने उद्देश्यले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ विराटनगरका गभर्नर बलराम पन्तले सो कार्यक्रममार्फत पाँच लाखसम्म सङ्कलन गरिने लक्ष्य राखिएको र यसका लागि जिल्लास्थित विभिन्न लायन्स र लियो क्लब सक्रियतापूर्वक खटिने जानकारी दिनुभयो ।

उक्त अवसरमा लायन्स क्लबका रेवतबहादुर कार्कीले मानवीय सेवामा लायन्स सदैव समर्पित रहेको चर्चा गर्दै यसमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment