Comments Add Comment

प्रधानमन्त्री कोइराला आज बैंकक पुग्ने

१२ बैशाख, काठमाण्डौं ।  इण्डोनेशियाको राजधानी जाकर्तामा आयोजित एशियाली-अफ्रिकी शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री सुशील कोइराला आज बैंकक आइपुग्दै छन् ।
susil-koirala
कोइराला स्थानीय समय अनुसार १२ :३५ बजे जाकर्ताको सोइकार्नो हाता अन्तराष्ट्रिय विमानस्थलबाट थाइ एअरवेजको उडानमा बैंकक आउने कार्यक्रम छ ।

कोइराला सहितको नेपाली प्रतिनिधिमण्डल स्थानीय समय अनुसार १६ः०५ बजे थाइल्यान्डको स्वर्णभूमि अन्तराष्ट्रिय विमानस्थलमा उत्रने छ ।

त्यसपछि प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल बैैकक स्थित नेपाली दूतावासमा जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कोइराला मंगलबार मध्यान्ह काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment