Comments Add Comment

भुकम्प प्रभावित क्षेत्रमा आपतकाल घोषणा

cabinet

१२ वैशाख, काठमाडौं । सरकारले अकल्पनीय संकटको घडीमा धैर्य गर्दै उद्धार र राहतको अभियानमा लाग्न सबैलाई आह्वान गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा शनिवार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भुकम्प प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरि राज्यको सम्पूर्ण शक्ति उद्धार कार्यमा लगाउने निर्णय गरेको छ ।

अपरान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लालाई केन्द्रविन्दू बनाएर सात दशमबल ६ रेक्टरको भूकम्प गपएको र त्यसपछि लगातार ७ पटकसम्म ठूलो भूकम्प आई जनधनको क्षति भएको सरकारले जनाएको छ । बैठकले तत्कालै उद्धार र राहतका लागि ५० करोड रुपैया निकासा गर्ने निर्णय गरेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।

त्यस्तै केन्द्रीय राहत तथा उद्धार केन्द्र मार्फत सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गर्ने र हेलिकोप्टर तयारी हालतमा राखिएको मन्त्री बस्नेतले अनलाइखबरलाई जानकारी दिए । सरकारले काठमाडौंका बिभिन्न नौ स्थान, भक्तपूरका दुई स्थान र भक्तपूरका ६ स्थानमा राहत तथा उद्धार केन्द्र स्थापना गरेको छ । मन्त्री बस्नेतका अनुसार भुकम्प प्रभावित सबै जिल्लामा राहत तथा उद्धार केन्द्र स्थापना गरिदैछ । सरकारले उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

बैठकले मृत्यु भएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिने र घाइतेको उपचारखर्च सम्पूर्ण सरकारले व्यहोर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए । सबै अस्पताल चौबिसै घण्टा खुला गरेर डाक्टर र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । सबै खुला ठाउमा टेण्ट टाँगेर स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न सेवा उपलव्ध गराउन लागिएको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment