Comments Add Comment

प्रधानमन्त्री कोइराला आजै नेपाल फर्कने सम्भावना कम

१२ वैशाख, काठमाडौं । इण्डोनेसिया भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला आजै स्वदेश र्फकने सम्भावना निकै कम भएको छ ।

Susil-koiralaकोइरालाले शनिबार नै स्वदेश फर्कने प्रयास गरेका थिए । तर, पटक पटक भूकम्प आएका कारण विमान अतवरण समेत रोकिएकाले समस्या भएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीका अनुसार भोलि बिहानसम्ममा प्रधानमन्त्री नेपाल आइपुग्नेछन् ।

अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार कोइरालो उद्दारका साथै घाइतेको उपचारमा प्रभावकारी रुपमा काम गर्न कार्यबाहक प्रधानमन्त्रीलाई निर्देशनलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment