Comments Add Comment

यस्तो छ भूकम्पले पाटन दरबार क्षेत्रमा गरेको विनास (फोटो फिचर)

Earth Quake at Nepal  (7)१२ वैशाख, काठमाडौं । शनिबार मध्याह्न आएको भुकम्पले ऐतिहासिक पाटन दरबारलाई पनि क्षति पुर्‍याएको छ ।

मुख्य दरबार (कृष्ण मन्दिर) चर्किएको मात्रै छ भने यस क्षेत्रका अन्य पुराना तीन वटा मन्दिरहरु ध्वस्त भएका छन । कृष्ण् मन्दिर अगाडि रहेको ठूलो मन्दिर पूर्णरुपमा ध्वस्त भएको छ । प्रत्यक्षदर्शिले केही मान्छेहरु पुरिएको बताएका छन ।

Earth Quake At Nepal

सो मन्दिरले किचेका एक स्कूटर र एक मोटरसाइकल प्रहरीले निकाली सकेको छ । बाक्लो बस्ती र साँघुरो गल्लीका कारण भुकम्पले पाटन क्षेत्रको जनजिवन निकै त्रासमय बनेको छ । पाटन दरबार क्षेत्रबाट मात्रै दिसो ४ बजेसम्ममा पाँच वटा मृत लासहरु निकालिएका छन भनेे पाँच दर्जन बढी अस्पताल भर्ना गरिएको उद्दारमा खटिएका प्रहरीले जनाएका छन ।

अहिले पनि सेना र प्रहरीले उद्दार गरिरहेका छन् । पाटन शहर भित्र पनि ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तर, क्षतिको यकिन बिबरण भने आएको छैन ।

Earth Quake at Nepal  (2) Earth Quake at Nepal  (3) Earth Quake at Nepal  (4) Earth Quake at Nepal  (5) Earth Quake at Nepal  (8) Earth Quake at Nepal  (9) Earth Quake at Nepal  (10) Earth Quake at Nepal  (11) Earth Quake at Nepal  (12) Earth Quake at Nepal  (13) Earth Quake at Nepal  (14) Earth Quake at Nepal  (17) Earth Quake at Nepal  (18) Earth Quake at Nepal  (19) Earth Quake at Nepal  (20) Earth Quake at Nepal  (22) Earth Quake at Nepal  (24) Earth Quake at Nepal  (26) Earth Quake at Nepal  (27) Earth Quake at Nepal  (28)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment