Comments Add Comment

भूकम्पको त्रास, त्रिपालमुनीको बास

१३ बैशाख, काठमाडौ । गोर्खालाई केन्द्रविन्दु बनाएर शनिवार महाभूकम्प गएपछि बारम्बार आएको धक्काले देशैभरको जनजीवन आतंकित भएको छ ।

ठूलो भूकम्प आएपछि त्रसित नागरिकहरु शनिबार राती घरभित्र रात कटाउन सकेनन् । रातभर क्षण क्षणमा गएको भूकम्पको कम्पनले गर्दा राजधानीसहित भूकम्प प्रभावित क्षेत्रका बासिन्दाहरु सडक तथा खुला क्षेत्रमा बसिरहेका छन् ।

Earth quakes At kathmandu (19)आतंकित नागरिकहरु बालबालिकाहरु च्यापेर रातभर वेवारिसे तरिकाले बसेको दृष्य दर्दनाक देखिन्थ्यो भने कोही सडकमै त्रिपाल टाँगेर बसिरहेका छन् ।

भूकम्पले घरहरु भत्किएपछि सडकको बास भएका नागरिक मात्र नभई घर नभत्किएपछि फेरि अर्को भूकम्प जाने त्रासले सडकको बास भएको छ ।

राती १२ बजेसम्म अर्को ठूलो भूकम्प आउने हल्लाले पनि सवर्त्र आतंक मच्चिएको हो । तर राती १२ बजेपछि पनि पटक पटक भूकम्पको धक्काहरु महसुस भएपछि जनजीवन आतंकित बनेको छ ।

रातभरको त्रासदीसँगै विहान फेरि अर्को झड्का आएपछि आइतबार विहान घर फर्किन लागेकाहरु घर फर्किन सकिरहेका छैनन् । घर फर्किन नसकेकाहरुलाई खानपीनको समस्या देखिन थालेको छ । भूकम्पविद्हरुले महाभूकम्प आइसकेपछि तत्काल फेरि ठूलो भूकम्प नआउने तर साना साना भूकम्पको धक्का आउन सक्ने बताएका छन् ।

ठूलो भूकम्पले घरहरु चर्किएका छन् भने साना साना झड्काहरुले भत्किन सक्ने भएकाले त्यसतर्फ सचेतता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment