Comments Add Comment

भूकम्प विस्थापितका लागि १५ स्थानमा राहत क्याम्प स्थापना

Earth-quakes-At-kathmandu

१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पका कारण विस्थापितहरुका लागि सरकारले १५ स्थानमा राहत क्याम्प स्थापना गरेको छ ।

गृह मन्त्रालयका अनुसार भूकम्पबाट विस्थावित भएकाहरुलाई विभिन्न १५ स्थानमा राहत क्याम्प स्थापना गरिनेछ ।

जसमा टुँडिखेल, कीर्तिपुरको कालिन्चक गण, रंगशाला, सानोगौचरण, नारायण चौर नक्साल, शंखपार्क, बलम्बु, सिनामंगल, ललितपुरको जाउलाखेल, सेन्ट जेभियर, खुमलटार, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुरको तीनकुने सल्लाघारी, दरबार स्वायर र सरस्वती माबि कमल विनायकमा राहत क्याम्प स्थापना गरिएको छ ।

भूकम्पका कारण धेरै मानिस घर छाडेर सडकमा रहेको र पसलहरु समेत बन्द भएका कारण राहत क्याम्प स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment