Comments Add Comment

विनशकारी भूकम्पमा ज्याउन गुमाउनेको संख्या १९५८ पुग्यो

विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनेहरुको संख्या अपरान्ह दुई बजेसम्म १९ सय ५८ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार आधिकारिक तथ्याङक संकलन गर्ने क्रम जारी रहेको छ । घाइते र मृतकहरुको उद्धार कार्य जारी रहेकाले यो संख्या अझै बढ्नेछ ।

गृहमन्त्रालयमै प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आपतकालिन मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

गृहमन्त्रालयमै रहेको आपतकालिन उद्धार केन्द्रमा देशभरको तथ्यांक संकलन गर्ने र राहत तथा उद्धारका लागि सुरक्षाकर्मी तथा हेलिकोप्टर परिचालनको लागि चौबिसै घण्टा अधिकारीहरु क्रियाशिल रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment