Comments Add Comment

भूकम्प पीडितलाई आईएमईको दुई करोड सहयोग

१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट पीडित भएकाहरुका लागि आईएमईले २ करोड दिने घोषणा गरेको छ ।

आईएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालको तर्फबाट दुई करोड राहत कोषको घोषणा गरिएको हो । यो कोष नेपालमा भएको भुकम्पका पीडितको राहत तथा उद्धारका लागि तत्कालै उपलब्ध गराइनेछ ।

साथै छुट्टै आईएमइ राहत कोष समेत स्थापना गर्ने समेत निर्णय गरिएको आईएमईले जनानएको छ । दुईकरोड सहयोग भने व्यक्तिगत भएको उसले बताएको छ ।

आईएमइले आफ्ना ग्राहकलाई सहज हुने र उद्धार तथा राहत रकम नेपाल पठाउन सहज बनाउने उद्देश्यले आइतबार एक दिनका लागि मलेसियालगायत अन्य देशहरुबाट नेपालमा पैसा पठाउँदा सेवा शुल्क नलिने घोषणा गरेको छ ।

मलेसियामा रहेका आईएमइका ६८ वटा शाखाहरुमा राहत कोष संकलन बाकसहरु राखिएका छन् । आईएमईका अन्य देशका शाखाहरुबाट समेत राहत कोष नेपाल पठाउन निःशुल्क सुबिधा उपलब्ध गराउने निर्णय लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment