Comments Add Comment

राष्ट्रिय विपतको मिलेर सामना गर्न प्रधानमन्त्रीको आहृवान

Sushil Koirala 5

प्रधानमन्त्री सुशील कोइरालाले देशबासीका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता उद्दार भएको बताएका छन् ।

इण्डोसेनिया भ्रमण छोट्याएर फर्किए लगतै देशबासीका नाममा सम्बोधन गर्दै उनले राहत र उद्दार टीम बनिरहेको बताए । गाउामा धेरै मानिसहरु फसेको खबर आएको भन्दै उनले थप सहयोगका लागि हेलिकोप्टर पठाउने बताए । साथै उनले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिने बताएका छन् ।

कसैलाई दोष लगाउने बेला नभएको भन्दै उनले राष्ट्रिय विपतको सबैले मिलेर समना गर्न अपिल गरेका छन् । उनले सबै राजनीतिक दललाई आफ्नो नेता कार्यकर्तालाई उद्दारमा परिचालन गर्न आग्रह गरेका छन् ।

नेपालीहरुलाई सहयोगका लागि मित्र राष्ट्रहरु तयार रहेको र नेपाल आउने क्रम सुरु भइसकेको भन्दै उनले सहयोगका लागि आहृवान गरेका छन् । प्रधानमन्त्री कोइरालाले विपतको सामना सबै मिलेर गर्न सक्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment