Comments Add Comment

आइतबारको भुकम्पले २ को मृत्यु, भौतिक संरचना क्षति

गौतम श्रेष्ठ

१३ वैशाख, गौर । आइतबार दिउँसो गएको भूकम्पका कारण रौतहटमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट औरैया गाविस ७ की ८ वर्षीया रानीकुमारी माझी र रौतहट जटहरा ७ का ६५ वर्षीय शेख हाफिज रहेका छन् ।

भूकम्प आएपछि अत्तालिएर भाग्ने क्रममा पोखरीको डिलबाट खस्दा माझीको डुबेर मृत्यु भएको हो । भूकम्प आएपछि घरबाहिर बसीरहेकाबेला स्थानीयको भागदौड मच्चिएको थियो । बालीका माझी पोखरीमा खसे पनि कसैले उद्धार गरेनन् ।

यसैगरी शेख हाफिज भूकम्प आएलगत्तै डराएर अचेत भएका थिए । घर भित्रै बसीरहकाबेला आत्तिए बेहोस भएका उनको बेहोस अवस्थामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार र आइतबार पटक पटक आएका भूकम्पको धक्काले रौतहटमा भौतिक संरचनामा पनि क्षति पुगेको छ । चन्द्रपुर नगरपालिका पौराहीमा अवस्थित ३३ फिट अग्लो महावेको मूर्ति ढलेर क्षतिग्रस्त भएको छ । पौराहीको यो क्षेत्र जिल्लाकै प्रमुख धार्मिक स्थल हो ।

यसैगरी ४ दर्जन बढी घरमा भूकम्पले क्षति पुगेको छ । स्थानीय घर भित्र जान सकेका छैनन् । उनीहरु खुला चौरमा बसीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment