Comments Add Comment

कम्मरमुनि घरले थिचिएका रसुवाका युवक जीवितै

१४ वैशाख, काठमाडौं । राजधानीको बालाजु, माछापोखरीमा भत्केको घरभित्र पुरिए पनि जीवितै फेला परेका एक युवकको उद्दारको प्रयास भैरहेको छ । उनी रसुवाका २० वर्षीय जुन केसी हुन् ।

उनको कम्मरभन्दा मुनिको भाग घरको बिम र पाइपहरुले च्यापिएको छ । तर, उनी बोल्न र कुराकानी गर्न सक्छन् । सोमबार बिहान दुईपटक उनले पानी मागेपछि पानी पिलाइएको छ ।

चिनियाँ उद्दार टोलीले बिम काट्ने र स्काभेटर लगाएर उनलाई उद्धार गर्ने योजना बनाएको थियो । तर, यसो गर्दा ज्यान जाने खतरा भएपछि सशस्त्र प्रहरीको टोलीले रोकेको छ । नयाँ योजनाका साथ उनको उद्दारको प्रयास भैरहेको छ ।

साँखुमा दुई दिनपछि उद्दार टोली

काठमाडौंको साँखुमा भूकम्प गएको दुई दिनपछि बल्ल उद्दार टोली पुगेको छ । सशस्त्र प्रहरीको विपत उद्दार उपत्यका गण सिनामंगल र टर्कीस टोली सोमबार साँखु गएका हुन् ।

साँखुमा धेरै घरहरु भत्किएका छन् । त्यहाँ धेरै मानिस पुरिएको स्थानीयले बताएका छन् । त्यहाँ ठूलो संख्यामा मानिहरुको हताहती हुँदा पनि उद्दार टोली पुग्न सकेको थिएन । तर, उद्दार र राहत वितरणमा दुई दिन ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् ।

सरकारका मुख्य सचिव लीलामणि पौडेलले दिएको जानकारी अनुसार स्वदेशी र विदेशी उद्दार टोलीको सक्रियतामा अहिले उपत्यकाका करिब २५ स्थानमा पुरिएका मानिसहरुको उद्दार गर्ने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment