Comments Add Comment

भत्केको घरमा च्यापिएका युवक ६२ घण्टासम्म जीवितै

Eatrh Quick Pain At Nepal   (4)१५ वैशाख, काठमाडौं । राजधानीको गोंगबू बसपार्कस्थित भूकम्पले भत्किएको सात तले घरबाट एक व्यक्तिको ६२ घण्टापछि जीवितै उद्दार गरिएको छ ।

उद्दारका लागि मात्र झण्डै २२ घण्टा लागेको थियो । सोमबार राति २ बजेर १५ मिनेटमा २० वर्षका युवकको जीवितै उद्दार गरिएको उद्दार गरिएको हो । उनलाई अहिले सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

शनिबार महृयान्ह गएको शक्तिशाली भूकम्पले ७ तले घर भत्किँदा ती युवक दोस्रो तलामा च्यापिएका थिए । उनको कम्मरमा घरको बीमले चेपेको थियो । भत्किएको घरमा मानिसहरु च्यापिएएको खबर आएपछि सशस्त्र प्रहरीको सर्च एण्ड रेस्क्यु टीम पुगेको थियो । उद्दारमा सहयोग गर्न चिनियाँ टोली पनि पुग्यो ।

सशस्त्रको टोली र चिनियाँ टोलीले माथिल्लो तलाबाट ढलान काट्दै तल प्रवेश गर्न सुरु गरेको थियो । त्यस क्रममा सशस्त्रका महानिरीक्षक कोशराज वन्त आफैं हेलमेट लगाएर सुरुङमा प्रवेश गरेका थिए ।

उनले केही तलामुनि गएर केसीसँग कुरा गरे । जसरी पनि उद्दार गर्ने भन्दै उनले नआत्तिन र धेर नबोल्न आग्रह गरे । बाहिर निकाल्नुअघि सशस्त्र प्रहरीको टोलीले पीडितलाई पानी र औषधि खुवाएका थिए ।

बीम काट्दा घर फेरि भत्कने डर भएकाले निकै सतर्कताका साथ राति उद्दार गरिएको थियो । पनि उद्दारका लागि टर्किस टोली पनि पुगेको थियो । सशस्त्र प्रहरीले मानव भर्‍याङ (एक जनाको काँधमा अर्को चढेर) केसीलाई शकुसल उद्दार गरेको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment