Comments Add Comment

भूकम्प प्रभावित क्षेत्रमा एमाओवादीका शीर्ष नेता खटिने

१५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावहीन भएको निष्कर्ष निकालेको छ । साथै भुकम्प प्रभावित क्षेत्रमा प्रमुख नेताहरु जाने र उद्धार तथा राहतमा खट्ने एमाओवादीले निर्णय गरेको छ ।

Prachanda-and-baburam-at-Newbaneshworमंगलबार बसेको एकीकृत माओवादीको स्थायी कमिटीको बैठकले भूकम्प पीडितहरुले पानी, औषधि उपचार र त्रिपाल समेत नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा विभेद भयो भन्ने जनगुनासो आइरहेको छ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौं । प्रमुख नेताहरुलाई उद्धार तथा राहतको कामका लागि जिल्ला-जिल्लामा खटाउँछौं ।’

भूकम्प गएलगत्तै प्रचण्डले एमाओवादी र ३० दलीय मोर्चाका नेता-कार्यकर्ताहरुलाई राहत, उद्धार र पुनःस्थापनाको काममा खटिन निर्देशन दिएका थिए ।

प्रचण्डले केन्द्रीयस्तरमा सर्बदलीय संयन्त्र बनाउन र राहतलाई पारदर्शी तथा व्यवस्थित ढंगले वितरण गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी गराए । त्यसका लागि तत्काल व्यवस्थापिका संसदको विशेष अधिवेशन आह्वान गर्नुपर्ने उनले बताए ।

‘मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई आजै टेलिफोन गरी भूकम्प प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी भएन भनेर भनिसकेको छुँ,’ प्रचण्डले भने, ‘सरकारले अहिले गरिरहेको काम अव्यवस्थित भएकाले जनताले राहतको महसुस गरिरहेका छै्रनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment