Comments Add Comment

पसल, बजार र पेट्रोल पम्प नखोल्नेलाई कारवाही

१५ वैशाख, काठमाडौं । सरकारले आजबाट पसल तथा बजार खोल्न आह्वान गरेको छ । पसल, बजार नखोल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

Using Plastic Bag (1)मन्त्रिपरिषद बैठकले बजार तथा पसलहरु यथावत खोलेर उपभोक्तालाई सेवा दिन व्यवसायीलाई आग्रह गरेको छ । ‘बजार नखोल्नेलाई कारवाही गर्ने चेतावनी दिइएको छ,’ एक मन्त्रीले भने ।

सहज अवस्था हुँदा पनि पसल, होटल, रेष्टुरेन्ट र बजार बन्द गर्दा जनतामा त्रास कायम हुने र सरकारलाई व्यवस्थापनमा अप्ठेरो हुने भएकाले सहज रुपमा सन्चालन गराउन कारवाहीको चेतावनी दिनुपरेको हो ।

विमानस्थल खालि गराइने

त्यस्तै उद्दारका लागि तैनाथ राखिएको हेलिकोप्टरलाई ग्रामिण तथा दुर्गम क्षेत्रमा केन्द्रित गरिएको छ । विदेशबाट आएका विमानलाई तत्काल फिर्ता पठाएर विमानस्थल खालि गराउने नीति सरकारले लिएको छ ।

शिविरहरुमा खानेपानीको आपूर्ति गर्न ३५ सय ट्यांकर परिचालन गरिएको र एक सय ६० ठाउँमा पानी वितरण गरिएको छ । सरकारले पेट्रोल पम्पहरु तुरुन्त खोलेर उपभोक्तालाई सेवा दिन व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै अस्पतालहरुमा अक्सिजनको कमी हुन नदिन उद्योगमन्त्री महेश बस्नेतले बालाजुको अक्सिजन कारखाना खोल्न लगाएका छन् । पनौतिको अक्सिजन कारखाना चलाउन हुँदैन भन्दै अवरोध गर्ने हरिकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएर उत्पादन सुचारु गराइएको छ ।

त्यस्तै सबै चाउचाउ उत्पादक कम्पनीहरुलाई नियमित भन्दा बढी चाउचाउ उत्पादन सुचारु गर्न सरकारले आग्रह गरेको छ । अब सरकारको ध्यान चामल, चाउचाउ, च्यूरा लगायतका खाद्यान्न संकलनतर्फ केन्द्रित भएको छ ।

मंगलवारबाट १० हजार टेन्ट वीरगन्जबाट आउन लागेको छ । भारतबाट थप १ लाख टेण्ट आउदैछ । अब टेन्ट र ब्लाङ्केट वितरणलाई अति प्रभावित क्षेत्रमा केन्दि्रत गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment