Comments Add Comment

भूकम्पमा हालसम्म १० विदेशी नागरिकको मृत्यु

१५ वैशाख, काठमाडौं । हजारौंको ज्यान लिइसकेको विनाशकारी भूकम्पमा परेर हालसम्म दशजना विदेशी नागरिकको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमध्ये आठ जनाको सनाखत भएको छ । काठमाडौंमा दुई, फ्रान्सेली, एक चिनिया र एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तर, भूकम्पमा ८ बलिउडकर्मी र तेलगु नायकको पनि निधन भएको समाचार आएको छ ।

त्यस्तै सोलुखुम्बुमा एक अष्ट्रेलियन र एक चिनियाँ र एक अमेरिकी नागरिकको मृत्यु भएको छ । मकवानपुरमा एक भारतीयको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment