Comments Add Comment

पशुपति आर्यघाट क्षेत्र धुवाँले ढाक्यो, तीन दिनमा चार सय शव जलाइए

Pashupati (1)
१५ वैशाख, काठमाडौं । महाविपत्तिको यो क्षणमा आफन्तको निधनमा धक फुकाएर रुने र दाहसंस्कार गर्न समेत नपाउने अवस्था सिर्जना भएको छ ।

महाभुकम्पका कारण मृत्यु हुनेहरुको संख्या बढेपछि पशुपति आर्यघाटमा शवको सदगत ठाउँ समेत छैन ।

शनिबारयता पशुपति आर्यघाटमा तीन सय ८८ शव जलाइएका छन् । ‘भुकम्पपछि मात्रै यहाँ ३ सय ८८ शव जलाउनका लागि इन्टी्र भएका छन ।’ पशुपति आर्यघाट सेवा केन्द्रका कार्यालय सहायक हरि पौडेलले अनलाइनखबरसँग भने ।

त्यसमध्ये १०/१५ जना कालगतिले मृत्यु भएका छन् भने बाँकी सबै भुकम्पका कारण मृत्यु भएको पौडेलले जानकारी दिए ।

‘सोमबार मात्रै १ सय २० लास जलाइए ।’ उनले भने- ‘मंगलबार बिहादेखि ११ बजेसम्ममा ३२ वटा लास जलाइएका छन ।’

पशुपति आर्यघाटमा ११ वटा चिता छन । पौडेलका अनुसार एक चितामा सामान्यतया अधिकतम चार वटाभन्दा लास जलाउन सकिँदैन ।

‘सामान्यतया एउटा लास जलाउन अढाई देखि तीन घन्टा लाग्छ ।’ उनले भने- ठाउँ नपुगेर बाग्मती किनारामा लासहरु जलाइँदैछ, त्यहाँ पनि पालो पर्खिनु पर्छ ।’

Pashupati (2)

भुकम्पबाट मृत्यु हुनेहरुका लागि सरकारी निर्णय अनुसार टिम्बर कर्पोरेसनले दाउराको पैसा लिएको छैन । एउटा लास जलाउन २५ सय देखि चार हजार रुपैयाँसम्मको दाउरा लाग्ने पौडेलले जानकारी दिए ।

तर, दाहसंस्कारका निम्ति चाहिने अन्य सामाग्री किन्न चार देखि पाँच हजार रुपैयाँ लाग्छ । ‘भुकम्पमा परेर घरबारबिहीन भएका मृतकका आफन्तले कहाँबाट यतिका रकम ल्याउने ?’ भुकम्पमा ज्यान गुमाउने आफन्तको दाहसंस्कार गर्न पशुपति पुगेका एक आफन्तले भने- ‘गरिबले लास पनि जलाउन नपाउने ?’

यतिवेला पशुपति क्षेत्र मृतकका आपन्तजनको रोदन निकै भावविबहृवल भएको छ भने लास जलाउँदाको धुवाँले पूरै पशुपति क्षेत्र डढेलो लागेको बन जस्तो देखिएको छ ।

पशुपतिबाहेक राजधानीका अन्य आर्यघाटहरुमा समेत मृतकको सदगद गरिएको छ । पशुपति आर्यघाट क्षेत्र धुँवाले छोपिएको छ ।

Pashupati (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment