Comments Add Comment

विपतका बेलामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

sushil१५ वैशाख, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा दैवीप्रकोपले ल्याएको विपत्को बारेमा सम्बोधन गर्ने भएका छन् ।

नेपालमा आएको भूकम्पले महाविपत् निम्त्याएको चार दिनपछि प्रधानमन्त्री सुशील कोइरालाले मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । दिउँसाे ३ बजेपछि प्रधानमन्त्री काेइरालाले रास्ट्रका नाममा सम्बाेधन गर्ने प्रधानमन्त्री काेइरालाका प्रेस संयाेजक प्रकाश अधिकारीले जानकारी दिए ।

शनिवार आएको भूकम्पले ठूलो देश तहसनहस भएकाले प्रधानमन्त्री कोइरालाले विपत्को यो घडीमा विशेष सम्बोधन गर्न लागेका हुन् । विपत्मा परेका नागरिकहरुले सरकारबाट राहत नपाएको भन्दै तीब्र आक्रोश बढ्दै गएको छ ।

जनआक्रोशलाई मत्थर पार्न प्रधानमन्त्रीले आफ्नो सम्बोधनबाट कोशिश गर्नेछन् । उनले आफ्नो सम्बोधनबाटै पीडितहरुका लागि राहतको घोषणा गर्नुका साथै विदेशीहरुबाट सहयोगको याचना गर्ने बताइएको छ ।

देशमा ठूलो संकट आइपरेको भन्दै नागरिकलाई संयमित रहन र भूकम्पपीडितहरुको सहयोगका लागि हातेमालो गर्न पनि अपिल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment