Comments Add Comment

भूकम्पका कारण काठमाडौं तीन मिटर दक्षिणतर्फ सरेको अनुमान

Sakhu After Eatrh-Quick   (21)

१५ वैशाख, सिड्नी । शनिबार गएको विनाशकारी भूकम्पले राजधानी काठमाडौंको भौगोलिक बनावटमा नै फेरबदल भएको अनुमान गरिएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका भू गर्भसम्बन्धी विज्ञहरुले काठमाडौंको जमिन करिब तीन मिटर (दश फिट) दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरंगहरुले रेकर्ड गरेका तथ्याङ्कहरुको आधारमा क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले यस्तो विश्लेषण गरेका हुन् । ती मेसिनहरुले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उनले बताए ।

उनको यो अनुमान यसअघि आएको अर्को एक तथ्यसँग नै मिल्दोजुल्दो छ । यसअघि पनि गरिएको एक अर्को अनुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने बताइएको थियो । यसअघि पनि अष्ट्रेलियाको अडेलिड विश्वविद्यालयले गरेको अनुसन्धानमा यही तथ्य बाहिर आएको थियो ।

हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोकिई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पाइएको छ ।

यस्ता पत्र या चिराहरुले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरु रहेको बताइन्छ । सही कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ ।

यो तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्स (पृथ्वी अध्ययन विज्ञान विभाग) का प्राध्यापक मार्क अलेनले पनि स्वीकार गरे ।

उनले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर सरेको हुनसक्ने र त्यस चट्टान दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गरेका छन् । उनले भने–सामान्य रुपमा यो भन्न सकिन्छ कि यस भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ ।

गएको शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसपछिका ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी पटकसम्म झड्का आएका छन् ।

भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा कुनै असर नपरेको विज्ञहरुको भनाइ छ ।

भूकम्पबाट मङ्गलबारसम्ममा चार हजार भन्दा बढीको ज्यान गइसकेको छ भने भौतिक रुपमा पनि ठूलो क्षति पुगेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment