Comments Add Comment

मंगलबारदेखि अधिकांश बैंक वित्तीय संस्थाको सेवा सुचारु

NRB-Photo१५ वैशाख, काठमाडौं । महाभुकम्पका कारण सेवा बन्द गरेका बैंक वित्तीय संस्थाहरुले मंगलबारदेखि सेवा सुचारु गरेका छन । नियामक निकाय नेपाल राष्ट्र बैंकले सेवा वन्द नगर्न निर्देशन पनि दिएको छ ।

‘हामीले सबै संस्थाहरुलाई सेवा बन्द नगर्न निर्देशन दिइसकेका छौं र सबै संस्थाहरुले अधिंकाश सेवा सुचारु भइसकेको जानकारी दिएका छन ।’ राष्ट्र बैंकका डेपुटी गभर्नर गोािलप्रसाद काफ्लेले अनलाइनखबरसँग भने ।

सेवा सुचारु भएको छ कि छैन भनेर राष्ट्र बैंकको टोली निरिक्षणमा खटाइसकिएको काफ्लेले बताए । ‘हामीलाई जानकारी गराइए अनुसार बैंकहरुले सेवा दिइरहेका छन कि छैनन भनेर निरिक्षण्का लागि राष्ट्र बैंकको टोली हिँडिसकेको छ’ उनले भने- उपयुक्त कारणबिना सेवा वन्द गरेको पाइए कारवाही हुन्छ ।’
भुकम्पका कारण शनिबार र आइतबार बैंक तथा वित्तीय संस्थाहरुको सेवा ठप्प भएको थियो । सोमबार केही संस्थाहरु सेवा दिएका छन ।
राष्ट्रिय वाणिज्य बैंकले संखुवासभामा रहेको शाखाबाहेक अन्य सबै शाखाबाट सेवा सुचारु गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment