Comments Add Comment

भूकम्पले देशभर ६१ हजार घर क्षतिग्रस्त

१५ वैशाख, काठमाडौं । शनिबार आएको महाभूकम्पका कारण देशभर ६१ हजार घरहरुमा क्षति पुगेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख शम्भु केसीका अनुसार हालसम्म ६१ हजार घर क्षतिग्रस्त भएका छन् ।

Sakhu After Eatrh-Quick   (21)

ति घरमा बस्दै आएकाहरुलाई टेन्टको व्यवस्था गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको छ । उनीहरुलाई पानीबाट कसरी जोगाउने भनेर कामलाई तिव्रता दिइएको केसीले बताए ।

भूकम्पबाट घर क्षतिग्रस्त भएकाहरु खुला आकाशमुनि बस्दै आएका छन् । केहीले आफ्नै खर्चमा त्रिपालको ओत लागेर बस्दै आएका छन् भने केही सहयोगीहरुले दिएको त्रिपाल टाँगेर बसेका छन् ।

सरकारले आफूहरुलाई त्रिपालको समेत व्यवस्था नगरिदिएको भन्दै पीडितहरुको आक्रोश बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment