+
+

भूकम्पको विपत्तिमा सरकारको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १५ गते १५:२५

गत शनिबार र त्यसपछि पटक पटक आएका भूकम्पका कारण नेपालमा महाविपत्ति निम्तिएको छ । मृतकको संख्या कति पुग्छ अनुमान गर्न सक्ने अवस्था छैन । मृतकको संख्या घण्टा घण्टामा बढ्दै गएको छ । घाइतेहरुको अवस्था पनि उस्तै छ ।

Earth quakes At kathmandu (19)विश्वसम्पदा सूचिमा सूचिकृत ऐतिहासिक धरोहर, घर लगायतका भौतिक सम्पत्ति तहस नहस भएका छन् । कतिपय स्थानका भग्नावशेषमा उद्धार टोली पुग्नै सकेका छैनन् । घरबार विहीन भएकाहरु राहत, उद्धार र पुनःस्थापनाको पर्खाइमा छन् । भोकै, प्यासै खुला आकाशमुनि बस्न उनीहरु बाध्य छन् ।

स्वदेश तथा विदेशबाट राहत र उद्धारको लागि नेपाललाई सहयोग आउनेक्रम जारी छ । तर, वास्तविक पीडित समक्ष राहत अझै पुग्न नसकेको जनगुनासो बढ्दै गएको छ । सरकारले भने सबै शक्ति लगाएर राहत, उद्धार र पुनःस्थापनाको कामलाई तिव्रता दिएको छ ।

महाभूकम्पको महाविपत्तिमा सरकारले गरिरहेको कामप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? आफ्नो मत व्यक्त गर्नुहोला ।
१. विपत्तिकोबेला यस्तै हो, सरकारले गरिरहेको काम ठीक छ
२. सरकारको उपस्थिति देखिएकै छैन, कसरी सन्तुष्ट हुनु ?
३. अहिले कामको मूल्यांकन गर्नु भन्दा सहयोगमा जुटौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment