Comments Add Comment

भूकम्पका धेरै घाइतेको हातखुट्टामा चोट

१५ वैशाख, काठमाडौं । भूकम्पमा परी घाइते भएका धेरै घाइतेहरुको हात खुट्टामा बढी चोट लागेको पाइएको छ ।

नेपाल अर्थोपेडिक अस्पताल अस्पतालमा मात्र अहिलेसम्म ५ सयभन्दा बढी विरामी पुगेका छन् । अस्पतालले भूकम्प पीडित सबैलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

नेपाल अर्थोपेडिक अस्पतालका डेपुटी डाइरेक्टर डा. राजेश महर्जनले अनलाइनखबरसँग भने-‘हात खुट्टामा चोट लागेका तथा भाँचिएका विरामीहरु धेरै छन् । एकै परिवारका तीन जनासम्म छन् ।’

अहिलेसम्म २३ जनाको सर्जरी सकिएको छ । अहिले पनि पनि धेरै विरामी पालो कुरिरहेका छन् ।

भूकम्पका कारण केही दिन विरामीलाई त्रिपालमा राखेर नै उपचार गरिएको थियो । तर, मंगलबारबाट भने भित्रै लगिएको छ ।

अस्पतालले अझै केही साता भूकम्पबाट पीडित भएका विरामीहरुको निःशुल्क उपचार गर्ने बताएको छ । अस्पतालमा विरामीको चाप बढेपछि डाक्टर, नर्सहरुले अतिरिक्त समयसम्म काम गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment