Comments Add Comment

अमिताभदेखि साहरुखले गरे नेपाली भूकम्प पीडितका लागि प्रार्थना र सहयोगको आह्रवान

srk-and-amitav

शनिबार काठमाण्डौ लगायत देशभर शक्तिशाली भूकम्प आएपछि यसले जनजिवन नै तहसनहस बनाएको छ । मंगलबारसम्म ४ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । भूकम्पको क्षतीले देशका पुरातात्विक सम्पदादेखि ठूला भवन भत्किएका छन् ।

भूकम्पको क्षतीले अहिले विश्वको ध्यान नेपालतर्फ देखिएको छ । बलिउडका कलाकार पनि भूकम्पको क्षतीबाट दुखीत छन् । सामाजिक संजालमा उनीहरुले नेपालमा आएको भूकम्पले निम्त्याएको विनाशले आफूहरुलाई दुखीत बनाएको लेखेका छन् ।

बलिउडका चर्चित नायक अमिताभ बच्चनले भूकम्पबाट प्रभावित भएकाहरुको लागि प्रार्थना गर्न आग्रह गरेका छन् । बलिउड नायक साहरुख खानले भूकम्प आएको केही क्षणमै ट्विटरमा ट्विट गर्दै नेपालका महत्वपूर्ण नम्बरहरु राखेका थिए । उनले आफूहरुको प्रार्थना नेपालसँग सधै भएको बताएका थिए ।

साहरुखले भूकम्प आएपछि सबैभन्दा पहिला ट्विट गरेर नेपालका आकस्मिक अवस्थामा आवश्यक नम्बरहरु दिएका थिए ।

यस्तै, नायक अक्षय कुमारले भूकम्पबाट क्षती भएको एक तस्बिर ट्विट गर्दै नेपालका लागि आफ्नो  साथ सधै भएको बताएका थिए । उनले नेपालका लागि उनको आगामी चलचित्र ‘गब्बर इज ब्याक’को पहिलो दिनको कमाई दिने घोषणा गरेको समाचार पनि आइरहेको छ । तर, यसको पुष्टी भने भएको छैन ।

बलिउड नायिका नर्गिस फकरीले नेपालका भूकम्प प्रभावितहरुका लागि रकम जम्मा गर्नका लागि सहयोगको अपिल गरेकी छिन् । उनले नेपालका दृश्यहरु देखेर आफू डराएको र मुटु कापिरहेको ट्विटरमा लेखेकी थिइन् ।

बलिउडका कलाकारहरुले नेपालमा आएको भूकम्पबाट आफूहरु अत्यन्त मर्माहत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment