Comments Add Comment

राष्ट्रपति यादव आकस्मिक रुपमा सिंहदरबार

१५ वैशाख, काठमाडौंँ । राष्ट्रपति डा. रामवरण यादव आज सिंहदरबारस्थित गृह मन्त्रालयमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा गएर भूकम्पपछिको समग्र उद्धार प्रक्रिया र स्थितिबारे जानकारी लिएका छन् ।

rambaran-yadav-and-Bamdeb-राष्ट्रपति यादव आकस्मिक रुपमा सिंहदरबार पुगेर वस्तुस्थिति र प्रगतिबारे जानकारी लिएको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए । सो क्रममा राष्ट्रपति यादवले दैवी प्रकोपका समयमा सबै मिलेर समन्वयात्मक रुपमा काम गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति यादवलाई उद्धार कार्यको प्रगतिबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अवगत गएका थिए ।

मन्त्रालयभित्र केन्द्रीय उद्धार केन्द्रको कार्यालय पनि रहेको छ । दुई दिनअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक सोही स्थानमा बसेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment