Comments Add Comment

भूकम्प पीडितलाई होटल संघको एक लाख सहयोग

१५ वैशाख, काठमाडौं । होटल संघ नेपालले भूकम्प पीडित एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरेको छ । Han-Nepalसंघको मंगलबार बसेको आकस्मिक बैठकले हाललाई प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैयाँ र जिन्सी सहयोग गर्ने निर्णय गरेको हो ।

संघले महाभूकम्पमा परी असामयीक निधन भएकाहरुको आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त  परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

देशमा आईपरेको राष्ट्रिय विपतको यस घडीमा सम्पूर्ण सदस्य होटलहरुलाई उद्दार कार्यमा सरिक रहन आग्रह गर्दै संघले पर्यटकहरुलाई आवश्यक सेवा सत्कार आ-आफ्नो क्षमतानुसार निरन्तर प्रदान गर्दै जान भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment