Comments Add Comment

भूकम्प पीडितका लागि सांग्रिला बैंकद्वारा राहत कोष स्थापना

Sangrila development१५ वैशाख, काठमाडौं । महाभुकम्पको अकल्पनीय क्षतिबाट पीडितलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सांगि्रला डेभलपमेन्ट बैंकले आपतकालीन राहतकोष स्थापना गरेको छ ।

एभिन्यूज टेलिभिजनसँगको सहकार्यमा बैंकको मुख्य कार्यालय बालुवाटारमा ९९९४२६०० ११७६९९०००००१ खाता नम्बरमा रकम जम्मा गर्न सक्नेछन । बैंकले उक्त कोषमा १३ लाख ९५ हजार २५ रुपैयाँ जम्मा गरेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

यस आपत्कालीन राहतकोष खातामा सांगि्रला बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । उक्त कोषमा जम्मा हुने रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment