Comments Add Comment

भूकम्पको विपत्तिमा ३ दिन राष्ट्रिय शोकको घोषणा

Shushil-Koirala-Addressing-the-Nation

  • प्रधानमन्त्री सुशील कोइराला देशवासीका नाममा सम्वोधन गर्दै । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले निम्ताएको राष्ट्रिय विपत्तिमा धैर्यधारण गर्न र एकजुट भइ साहसका साथ उद्धारको काममा जुट्न सबैमा अपिल गरेका छन् ।

मंगलबार साँझ देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले विकासले गति लिन लागेकोबेला भूकम्पले निम्ताएको विनासले विकासको प्रक्रियामा अझ बढी चुनौति थपिएको बताए ।

तीन दिन राष्ट्रिय शोक

आजदेखि ३ दिनसम्म शोक मनाउने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री कोइरालाका अनुसार तीन दिनसम्म स्वदेश र विदेशस्थित कुटनीतिक नियोगहरुमा शोकस्वरुप राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

प्राकृतिक विपदाको यो समयमा सबैको सामुहिक प्रयासले अग्नी परीक्षामा सफल हुने प्रधानमन्त्री कोइरालाले विश्वास व्यक्त गरे । उनले भने, ‘सीमित स्रोत र साधनको प्रयोग गर्दा गर्दै पनि कमी कमजोरीबाट पाठ सिक्दा सिक्दै उद्धारलाई तिव्रता दिन प्रयास गरिरहेका छौं ।’

सहयोग गर्नेहरुप्रति कृतज्ञता

प्रधानमन्त्री कोइरालाले घाइतेहरुको निःशुल्क उपचार गर्ने जानकारी दिए । सीमित स्रोत साधन प्रयोग गर्दै भूकम्पबाट पीडित भएकाहरुको उद्धार, राहत र पुनःस्थापनाको कामलाई तिव्रता दिइरहेको प्रधानमन्त्री कोइरालाले बताए ।

स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ-दिदीबहिनी, शुभेच्छुक तथा दाताहरुबाट सान्त्वना र सहयोग पाइरहेको भन्दै उनले कृतज्ञता व्यक्त गरे ।

भारत, चीन, पाकिस्तान, श्रीलंका, भुटान लगायत बिभिन्न देशका सरकार र राष्ट्रप्रमुखले गरेको सहयोगको सरकारले उच्च मूल्यांकन गरेको उनले बताए । ‘अमेरिका, बेलायत, जापान, इजरायल, लगायत १५ भन्दा धेरै मित्र राष्ट्रबाट सहयोग पाइरहेकाले दुःखको यो घडीमा ठूलो भरोसा मिलेको छ,’ प्रधानमन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment