Comments Add Comment

चरमसुखपछि मनका कुराः यस्तो रहेछ कारण

sex-lifeयौन सम्पर्कमा चरम आनन्द प्राप्त गर्ने विषय केवल यौन सम्बन्धका लागि मात्र महत्वपूर्ण तथा लाभदायक छैन यसले व्यक्तिको आपसी संचारलाई समेत सकारात्मक प्रभाव पार्दछ ।

हालै गरिएको एक अध्ययन अनुसार सम्भोगमा चरम आनन्द प्राप्त गरिसकेपछि मानिसहरुले आफ्नो पार्टनरसँग महत्वपूर्ण जानकारीहरु बढि सेयर गर्दछन्, चरम आनन्द प्राप्त नगरेको अवस्थामा भन्दा ।

र, चरम आनन्दपछिको त्यस्तो संवाद वा संचार बढि सकारात्मक हुने पनि देखिएको छ । यसको मुख्य कारक तत्व हो लभ हर्मोन । चरम आनन्दका बेला सरीरमा अक्सीटोसिन नामक हर्मोनको उत्सर्जन अत्यन्तै तिब्र हुन्छ । यो हर्मोनले व्यक्तिलाई बढि सामाजिक, मायावी तथा आत्मविश्वासी बनाएर मनको खुला खोल्न प्रोत्साहित गर्दछ ।

अमेरिकाको युनिभर्सिटी अफ कनेक्टिकटका शोधकर्ता अमान्डा डेनेस सहितको टोलीले गरेको अध्ययन अनुसार यौन सम्पर्कपछि महिला र पुरुष बीचमा हुने संवाद तथा संचारमा यौनिक सन्तुष्टिले ठूलो भूमिका खेलेको हुन्छ ।

चरमसुखका समयमा उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण मानिसमा विश्वासको चेतना बढ्ने, खतराको महसुस कम हुने हुन्छ । त्यस्तै चरम सुखले स्ट्रेस हर्मोन पनि भनिने तनावको कारक तत्वको रुपमा रहेको कोर्टिसोल नामक हर्मोनको उत्सर्जन घटाउने हुनाले चरम सुखपश्चात पार्टनरहरु रिल्याक्स भएर मनका खुला गर्न थाल्छन् । यस्तो अवस्थामा पार्टनरहरुले बढि सुरक्षित महसुस गर्दछन् र गोप्यतम कुराहरु पनि एक अर्कासँग खोल्न थाल्छन् ।

तर सम्भोगका बेला अल्कोहलको सेवन गर्ने हो भने यसको ठीक उल्टो परिणाम प्राप्त हुने शोधकर्ताको भनाइ छ । अल्कोहलको सेवन गरेर सेक्स गर्ने मानिसहरुले चरम आनन्द प्राप्त गरिसकेपछि आफ्नो पार्टनरसँग कतिपय गोप्य कुराहरुको खुलासा गर्दछन् जो उनीहरुले सामान्य अवस्थामा सुनाउन चाहेका हुँदैनन् वा त्यो कुरा सकारात्मक प्रकृतिको पनि हुँदैन । अर्थात् त्यस्ता गोप्यतम कुराहरु पार्टनरको चित्त दुखाउने खालका समेत हुन सक्छन् जसका कारण सम्बन्धमै असर पार्ने जोखिम हुन्छ ।

अझ अल्कोहलको सेवन पनि गरेको र चरम आनन्द पनि प्राप्त नभएको अवस्थामा परिणाम झनै नकारात्मक हुने शोधकर्ता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment