Comments Add Comment

नेपालका भूकम्प पीडितसँगै बलिउड र हलिउडकर्मी

maitabe-aliaकाठमाडौं । बिपत्तिमा परेका बेला सधै ठूलो सहयोग जरुरी पर्दैन् । कहिलेकाहीं मायाका दुई शब्दले पनि मानिसलाई ठूलो राहत महसुस हुन्छ । बलिउड कलाकारहरुले पनि नेपालमा परेको यो बिपत्तिप्रति आ-आफ्नो ठाउँबाट साथ दिने कोसिस गरेका छन् ।

बलिउडकी कान्छी स्टार आलिया भट्टले त यतिबेला सहयोग रकम संकलन अभियान नै थालेकी छिन् । उनले एक लाख भारतीय रुपैयाँ जम्मा गर्ने उद्देश्यसहित सामाजिक संजालमा सहयोग रकम संकलन अभियान थालेकी थिइन्, तर एकै दिन उनले अपेक्षा गरेभन्दा धेरै उठ्यो ।

बलिउड अभिनेता अमिताभ बच्चन र अक्षय कुमारले पनि सहयोगका लागि अग्रसरता देखाएका छन् । अमिताभले ट्वीट गर्दै आफूले सहयोग गर्न चाहेको तर सहयोग रकम जम्मा गर्ने आधिकारिक ठेगाना थाहा नभएको भन्दै सहयोग मागेका छन् ।

अक्षय कुमारले आफ्नो नयाँ फिल्मको पहिलो दिनको कमाई नेपालाई सहयोग गर्ने भन्ने भनाई सत्य नभएको भन्दै यस्तो पवित्र कार्यमा सहयोग गर्न फिल्म रिलिज कुर्नु नपर्ने बताएका छन् ।

आफू निर्माता नभएकाले फिल्मको कमाई दिने निर्णय आफूमा निहित नभएको भन्दै उनले आफू नेपाललाई सहयोग गर्न अग्रसर रहेको बताएका छन् ।

यस्तै प्रियंका चोपडाले नेपालका भूकम्पका तस्वीर हेरेर स्तब्ध भएको भन्दै सहयोगका लागि अपिल गरेकी छिन् ।

बलिउड अभिनेता बरुण धवनले प्रत्येक भूकम्प पीडित वालवालिकालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेजले भूकम्प पीडित नेपाली वालवालिकालाई सहयोग गर्न आग्रह गरेकी छिन् । राष्ट्रसंघीय नियोग युनिसेफको कार्यमा हातेमालो गर्न उनले अपिल गरेकी छिन् ।

गत वर्ष उनी नेपाल आएकी थिईन् । नेपालगञ्ज र दाङ घुमेकी सेलेना वालवालिकाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment