Comments Add Comment

अस्पतालमा सुशील कोइरालालाई देख्दा प्रियंका दुखी

१७ वैशाख, काठमाडौं । नायिका प्रियंका कार्कीले बुधबार वीर अस्पतालमा भूकम्प पीडितलाई मद्दत गरिरहेका बेला अकस्मात् प्रधानमन्त्री सुशील कोइरालालाई देखिन् । तर, अस्पताल एरियामा साइरन बजाउँदै  पुगेका प्रधानमन्त्रीको व्यवहार नायिका कार्कीलाई मन परेन ।

priyanka-karkiप्रधानमन्त्रीले अस्पतालका देखाएको व्यवहारबारे प्रियंका भन्छिन्- बीर हस्पिटलको इमर्जेन्सी अगाडि हाम्रो हेल्प डेस्क थियो । मैले बुधबार दिनभरि त्यहीँ काम गरेर बिताएँ । त्यहाँ बिरामीको चाप यति धेरै थियो कि हेर्दै अत्यास लाग्ने । त्यहीबेला प्रधानमन्त्री सुशील कोइराला वीर अस्पतालमा आयपुग्नुभयो ।

विपदको बेलामा हेल्पडेस्क निकै जरुरी हुँदोरहेछ । डक्टरहरुले चेक गर्नुहुन्छ र बिरामीलाई तपाई ‘यो गर्नुस्’ भन्नुहुन्छ । तर, कतिपय बिरामीले डक्टरले भनेको कुरै बुझ्नुहुन्न । एकजना बिरामीलाई डाक्टरले ‘एमआरआई’ गरेर आउन भन्नुभयो बिरामीलाई ‘एमआरआई’ के हो र कहाँ गर्ने केही थाहै रहेनछ ।

यस्ता बिरामीलाई मैले धेरै भेटें, जसलाई हस्पिटलका बारेमा केही थाहा छैन, उनीहरुलाई पुर्‍याउनुपर्ने ठाउँमा पुर्‍याएर सहयोग गरें ।

तर, प्रधानमन्त्री सुशील कोइरालाको पारा देख्दा मलाई निकै दुःख लाग्यो । हामी काम गरिरहेका थियौं, सात वटाजति गाडी लिएर अस्पताल एरियामासमेत साइरन बजाउँदै आउनुभयो । उहाँ आएकै कारण अस्पतालको इमर्जेन्सी अगाडिको बाटो पूरै जाम भयो ।

उहाँ आउनुभो, एकछिन यताउति हेर्नुभो र जानुभयो । अस्पतालमा घाइतेलाई भेट्न जाँदा कम्तिमा डिटोल भए पनि लिएर जानुपर्छ । तर, उहाँले न केही लानुभयो न केही भन्नुभयो, न केही दिनुभयो । उहाँको त्यो व्यवहार देखेर निकै दुःख लाग्यो ।

Susil-Koirala

अहिलेको समय भनेको उद्दारको समय हो । अहिले हरेकले जसरी हुन्छ, घाइते तथा घरवारविहीनलाई सक्दो सहयोग गर्नुपर्छ ।

हामी सामान्य अवस्थामा फर्किन कम्तिमा पनि ६ महिना लाग्छ । त्यसकारण ६ महिनासम्म हरेकमा एक किसिमको सहयोगी भावना जागृत गराउनुपर्छ । एकजनाले एक जनालाई मात्रै सहयोग गर्ने हो भने पनि धेरैलाई सहयोग गर्न सकिन्छ ।

भारत, अमेरिका वा चीनले गर्दिन्छ भनेर हुन्न । हाम्रा लागि हामी आफैंले गर्नुपर्छ । म आज काभ्रे जाँदैछु । म आम नागरिकलाई आग्रह गर्छु कि तपाई जहाँ हुनुहुन्छ, आफ्नो छेउमा भएकालाई सहयोग गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment