Comments Add Comment

१५ दिनसम्म सुटिङ र प्रदर्शन बन्द, चलचित्रकर्मीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाइने

kalakar-sadak-ma-safa-garda
भूकम्प गएको ६ दिन वितिसक्दा पनि मौन देखिएका चलचित्रकर्मी अब भने केही चलमलाउने छनक देखाएका छन् । चलचित्र विकास बोर्डको समन्वयमा आज बसेको बैठकले विभिन्न निर्णय गरेको विकास बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलले जानकारी दिएका छन् ।

चलचित्र सम्बन्धी सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरुको उपस्थितीमा बसेको बैठकले १५ दिनसम्म छायांकन र प्रदर्शनका सम्पूर्ण काम रोक्ने निर्णय गरेको छ । भूकम्प आएको दिनदेखि नेपालभरका सबै हल बन्द छन् । १५ दिनपछि परिस्थिती हेरेर अर्को निर्णय गरिनेछ । यस्तै, भूकम्प प्रभावित विभिन्न क्षेत्रमा चलचित्रकर्मीहरुलाई स्वयंमसेवकको रुपमा परिचालन गर्ने निर्णय भएको छ ।bikash-board-niranya

चलचित्र विकास बोर्डले भूकम्पबाट प्रभावित चलचित्र भवन, चलचित्रकर्मीहरुको सूची बनाउने तयारी पनि गरेको छ । यो आँकडा तयार पारेपछि राहत उपलब्ध गराउने छलफलपछि निर्णय गरिएको हो ।

यस्तै, आज नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाण्डौको गंगबु क्षेत्र सरसफाई पनि गरिएको छ । सरसफाइमा कलाकारहरु कुचो  लिएर पुगेका थिए । कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी लगायतले गंगबु सफा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment