Comments Add Comment

पाथिभराले गोरखाका पीडितलाई लत्ताकपडा पठायो

१८ बैशाख, इटहरी । भूकम्प प्रभावित गोरखाबासीलाई पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्युट इटहरीले एक हजार एक सय ७७ थान कपडा पठाएको छ ।
PHPI
२ लाख १४ हजार मुल्य बराबरका महिला तथा बालबालिकाहरुले लगाउने कपडाहरु गोरखाको थुमी, आरुचनौटे, आरुआरवाङलगायत गाविसका भूकम्प पीडितका लागि पठाएको प्रबन्ध निर्देशक कृष्ण शाहले जानकारी दिए । उक्त सामान गोरखा जिल्ला दैवीउद्धार प्रकोप समितिमार्फत गोरखाबासीलाई पठाइएको हो ।

पूर्वाञ्चलमा बेरोगार युवाहरुलाई सीप मुलक तालिम प्रदान गदै आएको संस्थाले विपत्तिमा परेकाहरुलाई केही राहत होस भनेर कपडा पठाइएको निर्देशक शाहले बताए ।

विहीबार नै पूर्वाञ्चल क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीसँग समन्वय गरी सामाग्री पठाइएको हो । संस्थाका सहयोगी गोरखा थुमी गाविसका भीमप्रसाद काभ्रीको समन्वयमा उक्त राहत पठाइएको हो ।

संस्थाले सिन्धुपाल्चोकका पीडितहरुलाई पनि लत्ताकपडा पठाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment