Comments Add Comment

एनआरएन टोली सिन्धुपाल्चोकमा राहत वितरण कार्यमा

NRN-Hepl6

१८ वैशाख, काठमाडौ । भूकम्प पीडितहरुलाई राहत वितरण गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोली भूकम्पले बढी क्षति भएको जिल्ला सिन्धुपाल्चोक पुगेको छ । विहीबार त्यसतर्फ गएको टोलीले आजदेखि संघका अध्यक्ष शेष घले तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा राहत वितरण गर्नुका साथै स्वास्थ्य शिविर संचालन गर्नेछ । चार दिनसम्म रहने सो टोलीले आसपासका क्षेत्रहरुमासमेत स्वस्थ शिविर संचालन गर्ने जनाइएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वानमा रकम संकलन  अभियानमा सहभागी हुँदै काठमाडौ आइपुगेका एनआरएन अगुवाहरु र स्वयंसेवकहरु राहत वितरण कार्यमा जुटेका हुन् ।

NRN-Help-5

एनआरएन टोलीले भूकम्पबाट बढी प्रभावित भएको सिन्धुपाल्चोकसहित ७ जिल्लामा राहत वितरण गर्दैछ । पहिलो जिल्लाका रुपमा सवैभन्दा क्षति पुगेको सिन्धुपाल्चोकको चनौटेमा एनआरएनले राहत वितरण गर्न लागेको हो ।

टोलीको नेतृत्व गैरआवासीय नेपाल संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, वैदेशिक रोजगारी तथा आप्रवासी कामदार कल्याणकारी समितिका उपाध्यक्ष तथा राष्ट्रिय समन्वय परिषद बहराइनका निवर्तमान अध्यक्ष श्याम तामाङ्गले गरेका छन् ।

स्वास्थ्यकर्मीसमेत एनआरएनको राहत टोलीमा

एनआरएनको राहत वितरण टोलीमा अष्ट्रेलियाबाट आएका १५ जना नर्स तथा स्वास्थ्य स्वयं सेवकहरु तथा दुई जना डाक्टरहरु समावेश छन् ।

टोलीले एक हजार थान त्रिपाल, दुई हजार थान कम्मल, पाँच सय कार्टून चाउचाउ, एक हजार केजी चिउरा तथा प्राथामिक तथा आवश्यक औषधि र स्यानिटेशनका समानहरु वितरणको लागि लगिएको एनआरएन सचिवालयले जनाएको छ ।

गैरआवासीय नेपाली संघले नेपालका भूकम्प पीडित नेपालीलाई राहत प्रदान गर्न आह्वान गरेपछि संसारभर छरिएर रहेका नेपालीहरुले झण्डै १० करोड रुपैयाँ संकलन गरेर राहत वितरण कार्यमा जुटेका हुन् ।

NRN-Help

NRN-Help1

NRN-Help-2

NRN-Help4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment