Comments Add Comment

चीनले १९ दिनमा बनायो ५७ तले महल

केही दिनअघिको भुकम्पले हाम्रो देशमा ९ तले धरहरा सहित विभिन्न सांस्कृतिक धरोहर ध्वस्त बनाउनुका साथै ठूलो धनजनको क्षति पूराएको छ । भुकम्पले क्षति पूराएका भौतिक संरचना पुनर्निमाणका लागि कम्तिमा पनि १० वर्ष लाग्ने बताइएको छ । इच्छाशक्ति र अथक प्रयास हुने हो भने १० वर्ष होइन निकै नै कम समयमै क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ, यदि चीनले गरेको पछिल्लो चमत्कार हेर्ने हो भने । चीनले हालै १९ दिनमै ५७ तले गगनचुम्बी भवन निर्माण गरेर दुनियालाई चकित पारिदिएको छ ।

चीनको हुनान प्रान्तको राजधानी चांगसामा दी ब्रोड सस्टेनेबल बिल्डिङ कम्पनीले विश्वमा अहिलेसम्मकै छोटो समयमा यति ठूलो भौतिक संचरना निर्माण गर्न सफल भएको हो ।

skyscraper-timelapse

मिनी स्काइ सिटी नामक उक्त सिसा तथा स्टिलयुक्त भवन चारकोणे आकारको रहेको छ । कम्पनीका उपाध्यक्ष साओ चांगेङका अनुसार एक दिनमा ३ तला निर्माण गरेर १९ दिनमा ५७ तले भवन ठड्याइएको हो ।

स्मरण रहोस् यो कम्पनीले तिन महिनामा विश्वके अग्लो २ सय २० तले भवन निर्माण गरेर अर्को किर्तिमान राख्ने योजना समेत बनाइरहेको छ ।

यो भवनको निर्माणमा पूरानो पद्धतिको साटो नयाँ मोडुलर निर्माण पद्धति अबलम्बन गरिएको छ । जहाँ सामान्य रुपमा गाह्रो बनाउँदा इँटा माथि इँटा चढाउनुको साटो सिधै तयारी ब्लकलाई जडान गरिन्छ । यो पद्धति गगनचुम्बी भवन निर्माणका लागि अमेरिका तथा बेलायत लगायतका देशमा समेत प्रयोग हुँदै आएको छ । यद्यपि आलोचकहरुका अनुसार यो पद्धतिको प्रयोगबाट भौतिक संचरनाको वास्तुमा विविधता समाप्त हुने बताएका छन् ।

चीनले बनाएको पछिल्लो ५७ तले भवनमा ८ सय अपार्टमेन्ट तथा ४ हजार जना कर्मचारीले काम गर्न मिल्ने कार्यालय कक्ष रहेको छ । यो भवनका अपार्टमेन्ट तथा कोठाहरु आगामी मे देखि बिक्रिमा राखिने बताइएको छ । निर्माता कम्पनीका अनुसार यो भवन भुकम्प प्रतिरोधी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment