Comments Add Comment

दिल्ली ९ विकेटले विजयी, युवराज र वीरेन्द्र फ्लप !

Delhi-Daredevils

१८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली डेयर डेभिल्सले किङ्ग्स इलाभेन पन्जाबलाई ९ विकेटले पराजित गरेको छ ।

फिराज साह कोटला मैदान दिल्लीमा भएको खेलमा पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनायो ।
उसको सुरुवात निकै खराव रहृयो । ४५ रन बनाउँदा ६ विकेट गुमाएको पन्जाबकोे पारी डेभिड मिलर र अक्षर पटेलले सम्हाले प्रयास गरे ।

उनीहरुले सातौं विकेटका लागि १०२ रनको साझेदारी गरे । तर, पटेल २२ रनमा आउट भए भने मिलर ४२ रनमा पभेलियन फर्किए ।  जर्ज बेलीले १८ रज बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । वीरेन्द्र सहवाग मात्र १ रनमा आउट भए ।

पन्जाबलाई सस्तैमा समेट्ने क्रममा नाथन कल्टर नाइलले ४ विकेट लिए ।

जवाफमा दिल्लीले १३.५ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि मयांक अग्रवाल र श्रेयस अथ्यरले पहिलो विकेटका लागि १०६ रनको साझेदारी गरे ।

पहिलो विकेटका रुपमा अथ्यर ५४ रनमा आउट भए । मयांक ५२ र सौरभ तिवारी ५ रनमा अविजित रहे ।

युवराज र सहवाग फ्लप !

आईपीएलको यो संस्करणमा युवराज सिंह र वीरेन्द्र सहवाग फ्लप भएका छन् । सहवाग पन्जाबबाट र युवराज दिल्लीबाट खेलेका छन् ।

दिल्लीले युवराजलाई १६ करोडमा र पन्जाबले सहवागलाई ३ करोड २० लाखमा किनेको थियो । तर, अहिलेसम्म यो आईपीएलमा सहभागले ७ खेलमा ९७ तथा युवराजले १२४ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment