Comments Add Comment

आईपीएलमा मुम्बईले राजस्थानलाई हरायो

Mumbai Indians v Rajasthan Royals

१९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको छ ।

मुम्बईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि संजु सामसनले ७६ रन बनाए । शेन वाट्सनले २८, स्टिभ स्मिथले २३ र अजिन्क्या रहाणेले १६ रन जोडे ।

मुम्बईका मिचेल म्याकलंघनले ३१ रन दिएर ३ विकेट लिए ।

यसअघि मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । उसका लागि अम्बाती राडयूलले २७ बलमा ५३ रन बनाए भने लेन्डल सिमोन्सले ३८ र रोहित शर्माले २७ रनको योगदान दिए ।

सिमोन्स र पार्थिव पटेलको जोडीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । पटेलले १४ बलमा २३ रन बनाए ।

राजस्थानका धवन कुलकर्णीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment