Comments Add Comment

गोपीकृष्णले गर्‍यो भूकम्प प्रभावितलाई सहयोग, जहाँ पुगेको थिएन सरकार

gopi-bitaran
भूकम्प गएको सातौ दिन पनि सरकारको आँखा नपुगेको सिन्धुपाल्चोकको तौथली गाविस बजारमा गोपीकृष्ण मुभिजको तर्फबाट राहत सामाग्री वितरण गरिएको छ । यस्तै, सो गाविस भन्दा ८ किलोमिटर तल रहेको अर्को एक गाउँमा पनि पुगेर राहत सामाग्री वितरण गरिएको गोपीकृष्ण मुभिजले जनाएको छ ।

स्थानियहरुले यो गुणलाई जिवनभर नविर्सनेे बताएका थिए । सरकारको आँखा नपुगेकोमा भने स्थानियले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले चाडो भन्दा चाडो सरकारलाई राहत ल्याउन पनि माग गरेका छन् ।

गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेल, निर्देशक निरक पौडेल, दयाराम पाण्डे, निर्देशक रेश राज आचार्य, मनोज केसी, गौरी मल्ल, निता पोख्रेल लगायतको टोली उक्त गाउँ पुगेको हो ।

उनीहरुले ३ लाख नगद बराबरको खाद्यन्य वितरण गरेका थिए । उनीहरुले स्थानियलाई चामल, चिउरा, चाउचाउद, त्रिपाल, नुन, साबुन, जुश वितरण गरेका हुन् । अहिले भूकम्प प्रभावित क्षेत्रमा पुगेर चलचित्रकर्मीहरुले सहयोग गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment