Comments Add Comment

नेपाली क्रिकेट टीमको जर्सी १ लाख १५ हजारमा विक्री

१९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टीमको जर्सी कीर्तिमानी मूल्य १ लाख १५ हजार रुपैयाँमा बिक्री भएको छ ।

नेपालका भूकम्प पीडितहरुलाई सहयोग जुटाउन सिड्नीमा आयोजित कार्यक्रममा नेपाली क्रिकेट टीमको जर्सी १ हजार ३ सय डलरमा विक्री भएको हो । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले हस्ताक्षर गरेको जर्सी विजय शर्माले किनेका हुन् ।

Parash-Khadka-and-bijay-sharma

यो नेपाली क्रिकेटसँग सम्वन्धित कुनै पनि सामाग्री विक्री भएको सबैभन्दा बढी मूल्य भएको नेपाली टीमका कप्तान पारसले बताए ।

सिड्नीमा रहेका खेल पत्रकार हेमन्त काफ्लेले भने नेपाली खेलसँग सम्वन्धी कुनै पनि सामाग्रीको सबैभन्दा ठूलो मूल्य भएको बताए ।

१ हजार ३०० डलर हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ-स.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment