Comments Add Comment

भूकम्प प्रभावितलाई सशस्त्र प्रहरीको ६ करोड ३४ लाख सहयोग

APF-help

१९ वैशाख, काठामाडौं । विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि सशस्त्र प्रहरी बलले ६ करोड ३४ लाख २५ हजार एक सय रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले उक्त रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।

प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नको लागि सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले १५ दिनको तलब बराबरको रकम प्रदान गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरी उपरीक्षक, नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षकले १० दिनको तलव तथा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षकले ५ दिनको तलव बराबरको रकम प्रदान गरेका छन् भने बलका विल्लादार तथा जवानले ३ दिनको तलव बराबरको रकम प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले आफ्नो पारिश्रमीकबाट पाउने रकम कट्टागरी जम्मा हुने रकम कोषमा प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment