Comments Add Comment

भूकम्प प्रभावितसँग कलाकार, छरियो निराश अनुहारमा मुस्कान(फोटो फिचरसहित)

keki-and-suresh
भूकम्प प्रभावित क्षेत्रमा नेपाली कलाकारको उपस्थिती कमजोर बनेको भन्दै टिप्पणी भैरहेको छ । तर, केही कलाकार भने आफूहरुले यस्तो कामलाई प्रचारमा ल्याउन नचाहेको बताउँछन् ।

तर, स्वास्थ्य मन्त्रालय र डब्लु एच ओको संयोजनमा चलचित्रकर्मीहरुले आज भक्तपुर, ललितपुर र काठमाण्डौका विभिन्न स्थानमा पुगेर औषधी र खाद्यन्न वितरण गरेका छन् । नेपाल चलचित्र विकास बोर्डले बिहिबार गठन गरेको चलचित्रकर्मीको टोलीले स्वास्थ्य मन्त्रालय र डब्लु एच ओसँग संयोजन गरेको हो ।kalakar-ko-toli
करिब ९० जना चलचित्रकर्मीको टोली आज ३ भागमा विभाजित भएर ३ जिल्ला पुगेका हुन् । कलाकारहरुको टोलीलाई स्वास्थ्य मन्त्रालयममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खगराज अधिकारीले अबको समय जनतालाई स्वास्थ्यको बिषयमा चेतना जगाउनु रहेको बताए ।

चलचित्रकर्मीहरुले भूकम्प प्रभावित क्षेत्रमा पुगेर जनचेतना जगाउने काम गरेका थिए । उनीहरुले सफा पिउने पानी, सफा स्थान र स्वस्थ जिवनका बारेमा चेतना जगाएका थिए । साथमा चलचित्रकर्मीले चाउचाउ, विस्कुट, पानी, औषधी वितरण गरेका थिए । विशेषगरि, कलाकारको टोलीले खाद्यन्न भन्दा पनि औषधीमा जोड दिएको थियो ।
bhuwan-deepak-manoj

deepak-rahat
विभिन्न स्थानमा पालमुनी बसिरहेका भूकम्प प्रभावितहरुले कलाकार पुग्दा आफूहरुमा थोरै भएपनि खुशी मिलेको बताए । भक्तपुरका विभिन्न स्थानमा पुगेका कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल लगायतले प्रत्येक पालमा पुगेर दर्शकहरुसँग अन्र्तक्रिया गरे ।
janata
उनीहरुलाई देख्दा पालमुनी बसेका भूकम्प प्रभावितहरुको अनुहारमा मुस्कान देखियो । केहीले आफूहरु हप्ता दिनदेखि निराश देखिएपनि कलाकारलाई भेट्दा केही मनोबल बढेको बताए ।

केही स्थानमा कलाकारहरुले पालमा बसिरहेका भूकम्प प्रभावितहरुलाई एकत्रित गराएर सचेतना जगाउने काम गरे । भक्तपुरमा नायिका झरना थापा, केकी अधिकारीले आफू पनि सफा बन्न र अरुलाई पनि सफा राख्न आग्रह गरे । karisma-manandhar

khagraj-adhikari

एक बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भेला भएका कलाकारहरु काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रभावित क्षेत्रमा पुगेर जनताको समस्या वुझेका थिए । केही ठाउँमा राहत पुगेको तर कतै जनताले खान पनि नपाएको देखियो ।

चलचित्र विकास बोर्डले गठन गरेको चलचित्रकर्मीको टोलीका संयोजक समेत रहेका सुरेश दर्पण पोख्रेलले कलाकार पुग्दा जनतामा देखिएको खुशीले आफूहरुलाई पनि खुशी मिलेको बताए ।

नायिका करिश्मा मानन्धरदेखि नायक भूवन केसीसम्म कलाकारको टोलीमा सहभागी भए । ३ वटा जिल्ला पुगेर स्वास्थ्य मन्त्रालयमा पुगेर कलाकारले दिनभरको काम र आगामी दिनमा गर्नुपर्ने बिषयमा सल्लाहा दिएका थिए । भोली फेरि यी ३ जिल्लाका अन्य प्रभावित क्षेत्रमा पुग्ने र सोमबारबाट काठमाण्डौ बाहिर जाने चलचित्रकर्मीको तयारी छ । deepakraj-giri-in-rahat

kalakar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment