Comments Add Comment

लाङटाङमा विदेशीसहित ४२ जनाको शव भेटियो

Nepal-Army

१९ वैशाख, रसुवा । गत साता आएको विनाशकारीले भूकम्पपछि रसुवाको लाङटाङमा गएको पहिरोमा पुरिएका ३४ जना स्थानयीबासीको शव भेटिएको छ ।

नेपाली सेनाको महाबिर गण (रेन्जर) को टोलीले ६ पर्यटक, एक गाइड र एक नेपाली सेनाको पनि शव उत्खनन गरी निकालेकोे छ । लाङटाङ ट्रेल ट्रेकिङमा गएका पर्यटकहरु पहिरोमा परेका हुन् ।

शव भेटिएका विदेशीमा दुई इटालियन छन् भने जर्मन र मलेसियाका एक एक छन् । शव भेटिएका दुई विदेशी नागरिकको राष्ट्रियता खुलेको छैन ।

नेपाली सेनाले गोंगबुबाट तीन र महाबौद्धबाट एक जनाको शव निकालेको छ । भारतीय सेना सहितको संयुक्त फौजले बिजेश्वरीबाट एक जननको शव भग्नावशेष उत्खनन गरी निकालेकोे छ ।

सेनाले सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, ओखलढुंगा, रसुवा र सोलुखुम्बुबाट स्वदेशी ४४७ जना र ८० जना विदेशी सहित गरी जम्मा ५२७ जना घाइते तथा बिरामीलाई उद्वार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment