Comments Add Comment

नझुक्किनुस् यी सद्दे घर नै हुन् (फोटोफिचर सहित)

baldwin-street-16

झ्वाट्ट हेर्दा यी घरहरु कतै भूकम्पले ढालेका वा एकातर्फ भासिएका जस्तै लाग्छन् । तर होइन, यी घर पूरै सद्दे हुन् । र, वास्तवमै यस्तै ढलेजस्तै आकृतिमा देखिएका मात्र हुन् न कि ढलेका वा भासिएका ।

न्युजिल्याण्डको डुनेडिनमा एउटा यस्तो ठाउँ छ जहाँका घरहरु हेर्दा ढलेजस्तै देखिन्छन् । वास्तवमा घरहरु आफै ढलेका वा यस्तै बांगो गरी बनाइएका होइनन् । घरहरु सिधा जगमै बनाइएका छन् तर त्यहाँको सडक यति भिरालो छ कि सडकको सतहबाट घरहरु नियाल्दा एकापट्टकिो भाग धेरै छोपिन जान्छ र अर्कोपट्टकिो बढी देखिन्छ, जसका कारण घरहरु ढल्न लागेजस्ता देखिन्छन् ।

baldwin-street-22

यो सडकको नाम बाल्डविन स्टि्रट हो । यो विश्वकै सबैभन्दा भिरालो सडकको रुपमा कीर्तिमानी राख्न सफल सडक पनि हो ।
यो सडक निकै भिरालो भएको हुँदा यसमा कालोपत्रे गरिएको छैन, कंक्रिटले बनाइएको छ ।

baldwin-street-76

 baldwin-street-4baldwin-street-8baldwin-street-5

baldwin-street-6

baldwin-street-9

baldwin-street-10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment