Comments Add Comment

भूकम्प पीडितलाई सीजीजीसीको २ करोड सहयोग

२० वैशाख, काठमाडौं । नेपालमा कार्यरत चाइना गेजुवा ग्रुप कम्पनी (सीजीजीसी)ले करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

नेपालमा भूकम्पबाट पीडितहरुको उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माण  कार्यका लागि सीजीजीसीले सो रकम CGGC-Constraction-Chinaसहयोग गरेको हो । गेजुवा ग्रुपका स्वास्थ्य, सुरक्षा र गुणस्तर विभागका उपनिर्देशक सुन हाइमिङले चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

उपनिर्देशक हाइमिङले कम्पनी र आफ्नो तर्फबाट नेपालमा आएको भूकम्पबाट भएको ठूलो जनधनप्रति समवेदना प्रकट गरेका छन्  ।

उपनिर्देशक हाइमिङ नेपालमा भूकम्प आएपछि सो कम्पनीबाट नेपालमा निर्माण भैरहेका आयोजनाहरुको सुरक्षा अवस्था निरीक्षण गर्न नेपाल आएका हुन् । भूकम्प प्रभावित क्षेत्रमा परेको त्रिशुली ३ ए जलविद्युत आयोजनामा कुनै मानवीय क्षति नभएको उनले बताए ।

सन १९७०मा स्थापना भएको सीजीजीसी चीनको राज्य परिषदको  सरकारी स्वामित्वमा रहेको सम्पत्तिको सुपरीवेक्षण तथा प्रशासनिक आयोगको क्षेत्राधिकार अन्तरगत रहेको विशाल अन्तराष्ट्रिय कम्पनी हो ।

सजीजीसीले जल संरक्षण, जलविद्युत, तापीय विद्युत, आणवीक ऊर्जा, वायु ऊर्जा, इलेक्ट्रोमेकानिकल जडान, विद्युत प्रशारण, राजमार्ग निर्माण, रेलवे, पुल, शहरी विकास, हवाई मैदानको निर्माण, बन्दरगाहको निर्माण, जलमार्ग, औद्योगिक र आवासीय भवनहरुको डिजाइन, निर्माण र लगानी, आवास विकास, सिमेण्ट उत्पादन, नागरिक उपयोगिताका विष्फोटक पदार्थको उत्पादन, विभिन्न उपकरण उत्पादन र पानी जहाज समेतको निर्माण गर्ने गर्दछ ।

वितेको २ दशकमा यसले नेपालमा ४५ मेगावाट क्षमताको भोटेकोशी, ३० मेगावाटको चमेलिया र ६० मेगावाट क्षमताको त्रिशुली ३ ए जलविद्युत आयोजनाको निर्माणको काम पाएको छ ।

त्यसमध्ये भोटेकोशी निर्माण सम्पन्न भैसकेको छ भने चमेलियाको निर्माण ९६ प्रतिशत सम्पन्न भैसकेको छ । त्रिशुली ३ ए आयोजनाको निर्माण पनि करिब ७५ प्रतिशत पुगी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment