Comments Add Comment

दातासँग प्रधानमन्त्रीको गुनासोः पीडितलाई सम्बोधन गर्ने राहत जुटेन

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यस्तो भयानक भूकम्प आउला भनेर कल्पनासमेत नगरिएको बताएका छन् । साथै दुर्गम गाउँका जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी राहत सामाग्री नजुटेको प्रधानमन्त्रीले विदेशी दातासँग गुनासो पोखेका छन् ।

sushilप्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक इथारिन कजन प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेकी थिइन् । सो भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो भयानक भूकम्प आउला भनेर कल्पना समेत नगरिएको बताएका हुन् ।

भूकम्पबाट पीडित नेपाली जनतालाई अस्थायी ओतका लागि पाल र टेण्टहरु, खानका लागि सुख्खा खाद्य पदार्थ, पानी शुद्ध गर्ने उपकरण, ओछ्याउने म्याट्रेस र घाइतेहरुको उपचारका लागि औषधि चाहिएको प्रधानमन्त्रीले कजनलाई बताए ।

प्रधानमन्त्री कोइरालाले मनसुनअगावै उचित प्रबन्ध गर्न नसके पीडितहरुलाई अझ समस्या पर्न सक्ने जोखिम समेत औंल्याएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कोइरालाले दुर्गम स्थानहरुमा राहत सामग्री पुर्‍याउन अन्तराष्ट्रिय निकाय र दातृ मुलुकहरुको सहयोगको अत्यन्त खाँचो रहेको प्रधानमन्त्री कोइरालाले बताए । उनले पीडितहरुको आवश्यकतालाई सम्बोधन गर्ने पर्यार्प्त राहत सामाग्री जुटन नसकेको स्पष्ट पारे ।

भेटमा कार्यकारी निर्देशक कजनले विनासकारी भूकम्पबाट नेपालमा हुन पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी थिइन् । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडी र प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई पनि उपस्थित थिए ।

विश्व खाद्य कार्यक्रमले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र खाद्य सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment