Comments Add Comment

आकाशमा हेलिकोप्टर हेर्दै दिन बित्छ गोरखाका पीडितको

Takukot, Gorkha (13)

सलमान खान (गोर्खाबाट फर्केर)

२० वैशाख, गोरखा । बैशाख १२ गते गोरखाको बारपाकलाई केन्दिबिन्दु बनाएर आएको विनासकारी भूकम्पले गोरखा जिल्लामा पश्चिमाञ्चल क्षेत्रमै सबैभन्दा बढी क्षति भएको छ ।

विनासकारी भूकम्पबाट जिल्लाको बारपाक, लारपाक, सिमजुङ्ग, मुच्चोक, मानबु, थुमी आरुआखाङ्ग, ताकुकोट, नारेश्वर, मानेपानी लगायतका गाउँहरु बढी प्रभावित भएका छन् ।

भूकम्पमा कसैका छोराछोरी खोसिएका छन् भने कसैका आमाबुवा । बाँचेकालाई खाना छैन, ओत लाग्नका लागि एउटा पालसमेत छैन गोरखालीसँग ।

निर्वाचनकोे समयमा नेताहरु भोट माग्दै र हात जोड्दै गोरखाको कुनाकाप्चाका घरघरमा पुगे । तर, आज हामीलाई विपद पर्दा राहत त परै जाओस् आश्वासन दिनसमेत कुनै नेता नआएको ताकुकोटवासी गुनासो पोख्छन् ।

भूकम्प गएको यति दिन बितिसक्दा समेत सरकारबाट राहत साम्रागी नपाएको स्थानीय बताउँछन् । १ हजार ३ सयभन्दा बढी घरधुरी रहेको गोरखाको ताकुकोट गाविस धेरै प्रभावित भएको छ । कोही परालको ओत लगाएर बसेका छन् भने कोही जोखिमपूर्ण स्थितिमा भत्किएको घरमै बस्न बाध्य छन् ।

इलाका प्रहरी कार्यालय ताकुकोटको भवन समेत भूकम्पले भत्किएको छ । सो गाविसमा भूकम्पले एक जनाको मृत्यु भएको छ । गाविसका प्रायः सबै घरहरु भत्किएका छन् भने चर्केका घरहरुमा पनि बस्न उपयुक्त नरहेको ताकुकोटवासी बताउँछन् ।

Takukot, Gorkha (10)

कुल १ हजार ३ सय घरधुरी भएको यो गाविसमा सरकारले एक सय पाल र १३ बोरा चिउरा मात्रै दिएको छ । ताकुकोट १ का नयन केसीले अनलाइनखबरसँग भने, ‘त्यसपछि सरकारले हामीलाई केही दिएको छैन, बच्चाहरु अहिले भोकले कराइरहेका छन, सरकारले भने हाम्रो पीडा बुझ्न सकेको छैन ।’

विनासकारी भूकम्पबाट प्रभावित ताकुकोट गाविसवासीहरु अहिले खुल्ला चौरमा राहतको आशमा आकाशमा हेलिकप्टर हेर्दै दिनरात बिताइरहेको उनी बताउँछन् ।

‘स-साना बालबालिका, बुढापाका, महिला, हामी सबै दिनभरि चौरमा बसेर हेलिकप्टरले कतिबेला राहत साम्रागी खसालेर जाला भन्ने आशामा बस्छौँ,’ स्थानीय केसीले अनलाइनखबरसँग भने, ‘तर सूर्योदय भएदेखि सूर्यास्तसम्म न त आकाशमा कुनै हेलिकोप्टर आउँछ, न त स्थलमार्गबाटै कुनै राहत साम्रागी आउँछ ।’

Takukot, Gorkha (6)

राहत सदरमुकाममा सीमित, गाउँमा बेहाल

विभिन्न संघ, संस्थालगायतका अन्यले प्रदान गरेको लाखौँ टनका राहत साम्रागी जिल्ला विकास समितिको परिसरमा थन्किएको छ । राहत साम्रागी लिनका लागि पनि पहुँच आवश्यकता रहेको कारण आफूहरुले केही पाउन नसकेको केसीले गुनासो पोखे ।

‘गाविसहरुमा अहिलेसम्म अनुगमन टोलीसमेत पुगेको छैन, स्थानीय प्रशासन निकम्मा जस्तै भएको छ,’ केसीले भने, ‘एउटा वडामा १ सय ५६ घरधुरी छन् र त्यहाँ जम्मा २० वटा मात्रै पाल स्थानीय प्रशासनले दिएको छ, त्यो कसले लिने र कसले नलिने भनेर तानातानको अवस्था छ ।’

केसीले भने- ‘गाउँमा आवश्यक राहत केही पुगेको छैन, स्थानीय प्रशासनले एक दिन १३ बोरा चिउरा मात्रै गाविसमा दिएको थियो, एक-एक मुठी चिउरासमेत पुगेन ।’

स्थानीय सञ्चारकर्मीसमेत रहेका केसीले सदरमुकाम आएर गाविसका लागि राहत माग गर्दा गोरखाका प्रमुख जिल्ला अधिकारीले राहत प्रदान गर्नुको सट्टामा गाविसको अवस्थामा कस्तो छ भन्दै उल्टै प्रश्न गर्ने गरेको गुनासो पोखे ।

गाविसको यस्तो अवस्था भइसक्दा समेत प्रमुख जिल्ला अधिकारी बेखबर रहनु निकै दुर्भाग्यपूर्णको विषय रहेको उनले बताए । उनले स्थानीय निकायको लापरवाहीका कारण ताकुकोटवासीहरु खुल्ला आकाशमा बस्न बाध्य रहेको बताए ।

Takukot, Gorkha (18)

Takukot, Gorkha (1)

Takukot, Gorkha (17) Takukot, Gorkha (16) Takukot, Gorkha (15) Takukot, Gorkha (14) Takukot, Gorkha (12) Takukot, Gorkha (11) Takukot, Gorkha (7) Takukot, Gorkha (5) Takukot, Gorkha (2)

Takukot, Gorkha (9)

Takukot, Gorkha (8)

Takukot, Gorkha (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment