Comments Add Comment

यती डेभलपमेन्ट बैंकको १० लाख सहयोग

२० वैशाख, काठमाडौं । यती डेभलपमेन्ट बैंकले भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । अन्नपूर्ण राहत अभियानमार्फत बैंकले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा yetiगरिदिने जनाएको छ ।

बैंकका कर्मचारीहरुको तर्फबाट तीन दिनको तलब दुई लाख १९ हजार रुपैयाँ राहत सामाग्री खरीद प्रयोजनका लागि उपलब्ध गराउने बताइएको छ ।

बैंकको चरीकोट शाखा र पालुङ शाखाले पानी, चाउचाउ, चामल, त्रिपाल प्लाष्टिक, म्याट्रेस लगायत खाद्य सामाग्रीहरु सम्बन्धित जिल्लाको प्रकोप उद्धार समितिमार्फत पीडितलाई वितरण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment