Comments Add Comment

संसारको वीर नेपाली फेरि उठ्छ फेरि जुट्छ

दुनियाँलाई झुक्कायर कसरी पो आईस् दैब ।

बच्चा , युवा, बृद्ध सबै एकैछाकमा खाईस् दैब ।।

नेपालको शान थियो, मठ मन्दिर धरहरा ।

नछोडेर गाँउ सहर घर सडक भत्काईस् दैब ।।

कतिपय को साथ छुट्यो कति भए बेसाहारा ।

हजारौ ज्यानको सपनालाई माटो भित्र मिलाईस् दैब ।।

हर्ष उल्लास खोसि लगिस् खेलिस् होली रगतको ।

सान्त देश शोकाकुल भो कस्तो लिला रचाईस् दैब ।।

संसारको बीर नेपाली फेरि उठ्छ फेरि जुट्छ ।

भूकम्पको चपेटामा नराम्ररी फसाईस् दैब ।।

दुनियाँको फूलबारी सुन्दर हाम्रो नेपाललाई।

भताभुड्ग लछारेर आफ्नो घर सजाईस् दैब ।।

rajisma kc
–रजिस्मा केसी, नयाँ दिल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment