Comments Add Comment

लुम्बिनीको बुद्ध जयन्ती खर्च भूकम्प पीडितलाई

Lumbini
सलमान खान
२० वैशाख, भैरहवा । लुम्बिनी विकाष कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका लागि विनियोजन गरिएको रकम भुकम्प पीडितलाई प्रदान गर्ने भएको छ ।

यस पटकको २५५९औं बुद्ध जयन्तीका लागि करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वैशाख २१ गते सोमबार बुद्ध जयन्ती मनाएर बचेको रकम भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय भएको कोषका सदस्यसचिव अजितमान तमाङले अनलाइनखबरलाई बताए ।

तामाङले यस वर्षको बुद्ध जयन्ती भूकम्प पीडित नागरिकको मंगलकामना गर्दै बौद्ध परम्पराअनुसार पुजाआजा गरी मनाइने बताए ।

भोली बुद्ध पूणिर्माका दिन भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा भिक्षु, भिक्षुणी, लामा गुरु तथा आनीहरुबाट महापरित्राण एवं प्राणीधान पाठ गर्ने र साँझ २५५९ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

यस पटकको बुद्ध जयन्ती बिगतका बर्षहरुमा जस्तो औपचारिक कार्यक्रम नगरी लुम्बिनीस्थित अखण्ड शान्ति दीपबाट दिप प्रज्वलन गरी शान्ती पदयात्रा गरेर मायादेवी मन्दीरमा सामुहिक प्राथना गरेर मनाउने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment